अनि पनि प्रधानमन्त्री ज्यू तपाईँ किन दुखी?

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको जस्तो गतिमा देश विकास हुन सकेन भनेर अस्ति काठमाडौंमा भएको एउटा कार्यक्रममा गुनासो व्यक्त गर्नुभएछ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो नै भनिसकेपछि मनले मान्दै मानेन र त केही लेख्न मन लाग्यो।

अनेक किसिमका झमेला र ढिलासुस्तीका कारण पाइलैपिच्छे अनेक समस्या झेल्न परेको उद्घोष  गर्नुभएछ हाम्रा प्रधानमन्त्रीले। उहाँको यो अभिव्यक्तिपछि भने प्रधानमन्त्री ओली साँच्चै गफाडी भएकै हो की भन्ने लाग्यो है मलाई। अरुले प्रधानमन्त्री ज्यूले, धेरै गफ दिनु भयो, काम कम भयो, भनेर किन भनेका होलान् ? भनेर म घरिघरि सोच्थेँ के। तर उनै हाम्रा प्रधानमन्त्रीले दिन दुई गुणा रात चार गुणाको दरले विकास भइसक्दा पनि अस्तिको बैठकमा देश विकासै भएन, गर्न सकिएन भनेर भनेपछि, म मात्रै हैन विचरा कार्यकर्ताको  मन त कटक्क खायो नै होला, जनताहरू  पनि त्यसदिनदेखि निराश भए होलान्।

अरुको के कुरो गर्नु, सधैँ हिड्‌न पर्ने हाम्रा बाटा हिजोसम्म धुलो उडेर, जाम परेर, खोलाको बगरमा हिँडेझैँ थियो, तर आज हेर्नुहोस्, त कति फेरियो। सडकमा हिँड्न मुस्किल छैन् नी अहिले, हो की हैन भन्नुस् त? सहरका कुनै चोक, गल्ली र मुख्य सडकमा नै धुलो उडेको, बाटो बिग्रेको देख्नु भएको छ?  सहरमा गुड्ने मोटरगाडीले धुँवा उडाएर नाक र मुख नै थुनेर हिड्‌न पर्या छ?

त्यति मात्र हैन नी सहरमा सडक राम्रो भएपछि वातावरण शान्त हुने नै भयो। कति शान्त छ हिजोआज। मोटरगाडीका कर्कश स्वरहरु सुनिन छाडेका छन्। कुनै समय शान्त स्थान खोज्दै स्वयम्भू र पशुपति टहलिन जानेहरूको दैनिकी पूरापूर फेरिएको छ।सहरमा सहजै रुपमा सबारीसाधन भेटिन्छ।

त्यति मात्र हैन नी, सहरमा सडक राम्रो भएपछि वातावरण शान्त हुने नै भयो। कति शान्त छ हिजोआज। मोटरगाडीका कर्कश स्वरहरु सुनिन छाडेका छन्। कुनै समय शान्त स्थान खोज्दै स्वयम्भू र पशुपति टहलिन जानेहरूको दैनिकी पूरापूर फेरिएको छ।सहरमा सहजै रुपमा सबारीसाधन भेटिन्छ। तपाईं कतै जान टक्क घरबाट सडकमा आउनुहुन्छ भने राजधानी सहरका जुनसुकै स्थानमा सहजै पुग्नसक्नुहुन्छ। तपाईँले पहिलापहिला जस्तो ट्याक्सीले यात्रु ठगेको समाचार पत्रपत्रिकामा नियालेर हेर्दा पनि देख्या छैन् हो की हैन्?

बरु उल्टै हाम्रा ट्याक्सी चालकहरुले छोडिएका सामान फिर्ता दिएको समाचार भने सुन्नुभको होला यदाकदा।
सहरको सवारीसाधनमा भएको सुधार र परिवर्तनको पूरापूर श्रेय सरकार अनि प्रधानमन्त्रीलाई जान्छ। किनकी सोहि अन्र्तगत मन्त्रालय ,विभागहरुले जनताको भावना बुझेर काम गरेकाले यस्तो चम्तकारीक परिर्वतन आएको हो। तर पनि हाम्रा प्रधानमन्त्रीले अस्तिको कार्यक्रममा केही गर्न सकिन भनेर भन्दा मलाई पटक्कै चित्त बुझेको छैंन्।

यति मात्र हैन नी, रातैभर सहरा हरिया साझा बसहरुपनि त चलेका छन् नी। त्यही बसहरु यदाकदा नपाईएको खण्डमा तपाईंलाई सुपथ मूल्यमा गन्तव्यसम्म पुराउन तम्तयार सेता ट्याक्सीहरु बग्रेल्ती भेटिन्छन् नी।

केही समयअघिसम्म भद्रकाली होस् या रत्नपार्क, कलंकी होस् या बालाजु चोक अनि लगनखेल,सातदोवाटो,चावहिल, कोटेश्वरमा गाडी चढ्न लामवद्ध यात्रुहरुको छट्पटाहट हुन्थ्यो, तर यतिखेर अवस्था हिजोको जस्तो छैंन्। ती दुश्यहरु त अव ट्राफिक प्रहरीको पहिले नै रेर्कड भएका उहिल्यकै सिसिटिभि फुटेजमा मात्र बाँकि होलान। अहिले अवस्था त्यस्तो छैन् त तपाईंले कसरी त्यसखाले दुश्य खोजेर पाउनुहुन्छ।

किनकी सिण्डीकेटको अन्तय संगै सहरा साँझ,विहान, दिँउसो सहज रुपमा सवारी जो पाईन्छ।साँझ मोटर नपाइएला भनेर हतार–हतार कार्यालयबाट बाहिर निस्कन पर्ने अवस्था पनि छैंन्। यी सव पक्ष यसरी परिवर्तन भयो कि चलचित्रको दुश्य बरु ढिलो होलान् यी पक्ष त्यति चाँडो भए।

सहरमा तपाईँलाई हिड्ँदाहिड्ँदैपिसाव आउन सक्छ। किनकी पिसाव दिनमा थुप्रै पटक गर्नुपर्छ मानिसलाई। सहरमा मैंले हिजोसम्म यस्ता मान्छे पनि देख्या थीं जसले पिसाव फेर्ने ठाँउको अभावकै कारण पानी नै नपिई हिड्ँने गरेका पनि भेटिन्थें।

सहरमा तपाईँलाई हिड्ँदाहिड्ँदै पिसाव आउन सक्छ। किनकी पिसाव दिनमा थुप्रै पटक गर्नुपर्छ मानिसलाई। सहरमा मैंले हिजोसम्म यस्ता मान्छे पनि देख्या थीं जसले पिसाव फेर्ने ठाँउको अभावकै कारण पानी नै नपिई हिड्ँने गरेका पनि भेटिन्थें। तर आज अवस्था यस्तो छैन्, तपाईं सहरमा सजिलै जहाँ मन लाग्यो त्यही पिसाव फेर्न सक्नुहुन्छ। हिजो जस्तो पिसावले च्याँपेमा ठमेलको गल्ली– गल्ली छिरेर भूगोलपार्कमा रहेको की त्यही सार्वजनिक शौचालय की गोरखापत्र संस्थानभित्र छिर्न पनि पर्ने अवस्था छैंन्। यो पनि त विकास नै होनी हैन् र ? अनि पनि हाम्रा प्रधानमन्त्रीले विकास नै गर्न सकिन भनेर चित्त दुखाउनुहुन्छ ?

अन्य सम्बन्धित समाचार:  एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

एकमन तपाईंलाई लाग्दो हो, के यतिसानो विकासको कूरोलाई खोतलेको होला भनेर। तर म भन्छु विकास भनेकै जनताको दैनिक जीवनका स–साना मुद्धाहरुको सम्वोधन नै हैन् र? तरपनि हाम्रा प्रधानमन्त्री ज्यू बेलाबखत मञ्चमा उभिएर देश नै विकास गर्न सकिएन् भनेर थकथकी किन मान्छन् बुझन् सकिएको छैंन यतिखेर।

अरु के कूरा रातदिन लगाएर बाग्मती सफाई अभियानमा नजुटेको भए कहाँ अहिले यति चाँडै हिजोको ढलमत्ती वाग्मतीमा परिणत हुन्थयो? अनि वाग्मती नदी किनारामा कहाँ यत्रा होटल, पसलहरु चल्थें? के यो परिवर्तन हैन?
त्यति मात्र कहाँ हो र तपाँई सहजै धोविखोला, टुकुचा ,ईच्छामति जस्ता नदीहरुमा सररर् डुगाँ चढेर जलयात्रा गर्न सक्नुहुने नी हुनुभयो नी।

सरकारले सहरमा विद्युतीय सबारीसाधन चलाएको छ। चत्रपथ विस्तार र दोश्रो चक्रपथ बनेपछि त उपत्यकाको घण्टौंको लामो जाममा पर्न परेको पनि छैन् नी हैन? र पनि हाम्रा प्रधानमन्त्री विकास गर्न नै सकिन भनेर चिन्तीत हुनु सुहाँउने विषय पक्कै हैन है।

अति जाम पर्ने मुख्य–मुख्य स्थानमा सरकारले ‘अण्डरपास वे’ बनाएपछि त यात्रा यति सहज र सरल हुदैंछ की आधा घण्टा लाग्ने दूरी एकघण्टा लगाउन नपर्दा जनताको कार्यक्षमतामा त बुद्धि भएकै छ गन्तव्यहरु साँघुरा हुदाँ समयहरु बचेका छन्। यति गर्दा पनि हाम्रा प्रधानमन्त्रीले देश विकास गर्न सकिन् भनेर चिन्ता लिनुहोला भनेर मैले कहिले सोचेकै थिएन् है।

काठमाडौं उपत्यकाको मात्र के कुरो गर्नु ?  पूर्व–पश्चिम रेल चलेको सपना देख्न पाउनु पनि त कहाँ चानचुने कुरो हो र ? काठमाडौंबाट दुई दिन लगाएर दार्चुला पुग्ने हुन् या ताप्लेजुङ पुग्नेहरुले प्रधानमन्त्रीको रेल सपनालाई मनमनै स्यावासी दिनुपनि विकास हो भन्छु है म त।

आउने क्रममै रहेको पानी जहाजको कुरो कोटाएर प्रधानमन्त्री ज्यूलाई व्यंग्य गर्ने रहर मलाई रत्तिभर छैन् है। पहिला अचानक स्वास्थ्य समस्या हुदाँ सकिनसकि उपचारकोलागि काठमाडौंका महँगा अस्पतालमा लाखौं पैसा हेलिकप्टर चार्टड गरेर आउन पर्ने नियती पनि रहेन नी हैन र भन्या। अनि पनि प्रधानमन्त्री ज्यूले विकास गर्न सकिन भन्नु सुहाँउने विषय हुदैं हैन।

जनताहरुले वर्षौसम्म मँहगो मूल्यमा औषधोउपचार गर्न परेको पक्षलाई मनन गरेर सरकारले सहज किसिमले उपचारको व्यवस्था मिलाएकै छ। कुनै समय सरकारी अस्पतालबाट नीजिमा  बिरामी पठाएर खामभित्र कमिसन पाउने खेलमा लागेकाहरुको दिन सकिएको छ। अझ भनौं सरकारले चालेको कदममा तिनले चित्त नवुझेर सत्तोसराप गरिरहेपनि अरु करोडौं जनताले सरकार अनि प्रधानमन्त्रीलाइ स्यावासी दिएकै छन् नी। अनि पनि फेरि प्रधानमन्त्री ज्यू देश विकास गर्न सकिन भनेर थकथकी मानिरहँदा जनता दुखीत हुन्छन् भन्ने कमसेकम एकपटक सोच्न पर्दैन् तपाँईले ?

तुईन विस्थापीत भएसंगै, तुईन कस्तो थियो भनेर हेर्ने र बुझन् चाहानेहरुले तस्वीर र दुश्य हेर्न पर्ने अवस्था आउनुमा के हाम्रा प्रधानमन्त्रीको मुख्य भूमिका हैन् र? विद्यालय र घरबीचको दूरी टाढा भएकै कारण हाम्रा कैयौं कलिला नानीबाबुहरुले कक्षाकोठामा प्रवेश पाउन नसकेको समाचार कुनै समय आँउथे।

तुईन विस्थापीत भएसंगै, तुईन कस्तो थियो भनेर बुझन् चाहानेहरुले हिजोको तस्वीर र दुश्य हेर्न पर्ने अवस्था आउनुमा के हाम्रा प्रधानमन्त्रीको मुख्य भूमिका हैन् र ? विद्यालय र घरबीचको दूरी टाढा भएकै कारण हाम्रा कैयौं कलिला नानीबाबुहरुले कक्षाकोठामा प्रवेश पाउन नसकेको समाचार कुनै समय आँउथे। अव त्यो समाचार भेटाउन मुस्किल हुँदै गएको छ। अनि पनि तपाई दुख मनाउ गर्नुहुन्छ आखिर किन प्रधानमन्त्री ज्यू ?

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी

हाम्रा कैयौं युवाहरुले पाखुरीमा जोश र जाँगर बोकेर अरुको मुलुक हिजो जति बनाए, ‘बनाए।’ अव उनीहरूको पसिना देशकै माटोमा पोखिदैं छ त, अनि पनि किन प्रधानमन्त्री ज्यू तपाईले चित्त दुखाउनु भएको ? त्यसो त दन्द्वको राप र तापका कारण धेरै दिदीवहिनीहरु सहरको रंगिन दुनियाँमा आएर नाँगिनु पर्ने दिनको शुरुवात युद्धले थालनी गरेपनि अन्तय गर्ने श्रेय त हाम्रा विकासप्रेमी प्रधानमन्त्रीलाई नै जान्छ नी।

अनि देशमै रोजगारीको अभावमा बालबच्चाको सुन्दर  भविस्यको कामनामा खाडीका कतिपय देश पुगेर नारकिय जीवन जिउँन विवश चेलीहरुको वेदनामा मलम कस्ले लगायो ? कामकै खोजीमा प्रत्येक दिन जस्तो दोश्रो दर्जाको नागरिक बन्दै अन्तरराष्ट्रिय विमानस्थलमा घरदेश छोडि परदेश जानेहरुको लस्कर कसले हटायो ?

अनि मामकै माडको खातिर देशका सीमा–सीमा भएर भारतका कतिपय शहरहरुमा कुल्ली, दरवान र घरपाले बस्न जाने हिजोको अवस्थामा परिर्वतन गर्ने श्रेय प्रधानमन्त्रीलाई नै जान्छ् हैन र ? यति धेरै गरिसक्दा पनि  हाम्रो प्रधानमन्त्री ज्यूले किन फेरि पनि विकास गर्न सकिन भनेर चिन्ता लिएको होला, यो सुहाँउने विषय हुदैं हैन् प्रधानमन्त्री ज्यू ?

आखिर  समृद्ध नेपाल सुखी जनताको चाहाना गर्ने प्रधानमन्त्रीले यति पनि गरेनन् भने जनताले के भन्लान् भन्ने चिन्ता पनि त सरकारलाई थियो नी। यति मात्र हैन, हाम्रा प्रधानमन्त्रीले जनताको दैनिक जनजीविकासंग जोडिएका यावत पक्षहरुको सुधार गरेपछि नै सडकपेटीमा फाँलिएका बासी खानेकूरा खाएर पेट भर्न विवश बालबच्चाहरुको संख्यामा कमि आएको हो नि।

वुद्धाश्रमहरु खाली हुदैं गएका छन्। सहरमा माग्ने हटाउने अभियान चालेर सरकारले देश समृद्ध भैइसकेको छनक दिनखोजेको भनेर तपाँईले सरकारलाई धारे हात लगाँउनु भएको पनि थियो, तर हेर्नुहोस् देश यसरी विकास भयो कि सहरको कुनै चोक र गल्लीमा माग्ने भेटाउन मुश्किल–मुश्किलै छ।

केही शव्दमा केपीओली सरकारले गरेको दर्जनौ विकासको दुष्टान्त समेटन् मलाइ पनि गाह्रो भो, तपाईलाई त झन् पढ्न उतिकै गाह्रो हुन्छ नै। त्यसैले अव सरकारले के–के गरेछ भनेर यहाँ पढ्ने भन्दा पनि देशका विभिन्न स्थानमा भएका विकास निर्माणको काम नै हेर्ने पो हो की? त्यसो गरे कसो होला ?