काठमाडौं टेकुको एक गोदाममा आगलागी

काठमाडौँ। काठमाडौंको टेकुमा एक मार्बल तथा स्यानीटरी सामग्रीको गोदाममा आज (बुधबार) बिहान आगलागी भएको छ।
महानगरपालिकाको वडा नम्बर १२ टेकुस्थित प्रशन्नरत्न ताम्राकारको घरमा रहेको सञ्जिव गोयलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

करिब दुई घण्टामा पाँच वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। विद्युत सट भएर आगो लागेको हुनसक्ने अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग