अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा नेपाल हावी भएको छ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपालले ३१ रनको स्थितिमा अमेरिकाका ८ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाइसकेको छ।

नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले ४र४ विकेट लिएका छन् । दुवै स्पीनर हुन्। यसअघि भएको पहिलो खेलमा पनि नेपालले अमेरिकालाई पराजित गरेको थियो।

ओमानसँग भने दुवै खेलमा नेपाल पराजित भयो।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ७,६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु