विवाह नगरी आमा बनिन् कल्की

काठमाडौँ।  बलिउड नायिका कल्की कोलचिन विवाह नै नगरी आमा बनेकी छिन्। ३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन्।

उनी गाय हर्षसँग प्रेममा छिन्। उनीहरूको विवाह भने भएको छैन। उनीहरूको विवाह नभएता पनि नायिका कल्की आफू आमा बन्न तयारी भएको सार्वजनिक गरेकी छिन्।

उनको पहिलो विवाह बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग सन् २०११ मा भएको थियो। तर उनीहरूको सन् २०१५ मा सम्बन्ध विच्छेद भएको थियो।