हेर्नुहोस् गायक अशोक शिवाको ‘यो माया’ (भिडियोसहित)

काठमाडौँ।  पछिल्लो समयका चर्चित युवा गायक अशोक शिवाको नयाँ गीत सार्वजनिक भएको छ। गायक अशोकले भ्यालेन्टाइन डे को अवसर पारेर यो माया बोलको नयाँ गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन्।

स्वयम् अशोकको सङ्गीत तथा रचना रहेको यस गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ।  गीतमा अशोक र प्रविशा अधिकारीको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा प्रविशा, मौसम खड्का र शुभ आचार्यको अभिनय रहेको छ।

निर्देशक गोविन्द राईको निर्देशन रहेको यस म्युजिक भिडियोमा विनय तामाङ र अखिल बजगाईँको छायाँकङ्न छ भने राजेश बालकोटी सम्पादन गरेका छन्। यस अघि अशोकका ए कान्छी, सानु, रुन्छु म, तिमीसँग लगायतका गीतहरू बजारमा रहेको छ।