नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न शिवपुरीमा वृहत हाइकिङ्

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले बृहत पदयात्रा (हाइकिङ्ग) कार्यक्रम आयोजना गर्ने भएको छ। पदयात्रामा स्वदेशी तथा विदेशीसहित २ हजार भन्दा बढिको सहभागिता रहने सदस्य सचिव चैतन्य तुम्बाहाङ्फेले बताए।

कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। जसको सहसंयोजकमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहेका छन्। भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे रहेका छन्। त्यस्तै पदयात्रा सफल पार्न १३ वटा उपसमिति बनाइएका छन्।

तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत हुने छ।