आँचलको विवाह फागुन २९ गते

काठमाडौँ।  नायिका आँचल शर्माको विवाहको मिति तय भएको छ। आगामी फागुन २९ गते आँचलको विवाह आफ्नो प्रेमी उदिप श्रेष्ठसँग हुने पक्का भएको छ।

उनीहरूको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्युमा हुने परिवारको भनाई छ।विवाहको भोलिपल्टै उनीहरूको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ।

गत वर्ष देखि नै प्रेममा रहेकी नायिका आँचलले केही महिना अघि मात्र आफ्नो प्रेम सम्बन्धबारे खुलाएकी थिइन्। उनीहरूको विवाह हुने कुरा पहिले नै आएता पनि उनीहरूको विवाहको मिति भने टुङ्गो लाग्न सकेको थिएन।