पशुपतिका टहरामा व्यापारी राख्न गोला प्रथा गरिने

काठमाडौँ। पशुपति क्षेत्रका टहरामा फूलको व्यापार गर्दै आइरहेका व्यापारीहरुले कोषसँग भएको सम्झौताअनुसार १३ वर्षदेखिको भाडा बुझाउन थालेका छन्।

व्यापारीले वि.स.२०६३ सालदेखि ०७६ माघ मसान्तसम्मको एकमुष्ठ रकम बुझाइरहेको र मंगलवारसम्म ६० प्रतिशतले कोषको खातामा डिपोजिट गरिसकेको कोष परिषद्का सदस्य राजु खत्रीले जानकारी दिए।

कोषले पशुपतिनाथ मन्दिर क्षेत्र वरपरका मठ–मन्दिरका डबली, कैलाश डाँडा, दक्षिणामूर्ति, किराँतेश्वर, गुह्येवरी, गोरखनाथ, मृगस्थली, विश्वरुपा, राममन्दिर हाता क्षेत्रहित अस्थायी पार्किङस्थल वनकाली क्षेत्र समेतमा रहेका सम्पुर्ण पसल टहराहरु खाली गर्न यसअघि तीन पटक सूचना प्रकाशन गरेको थियो।

सूचनासँगै कोषले नयाँ संरचनामा व्यापारीलाई व्यवस्थित गराउने तवरले गत विहीवार अर्को सूचना प्रकाशन गरेको थियो।सूचनाअनुसार सो अवधिभर आएका निवेदनहरुको छानवीन गर्दा पहिलो चरणमा पञ्चदेवलको पूर्व तर्फ फूल पसल सञ्चालन गरिरहेका २६ जनालाई प्राथामिकतामा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको शपथ बदरको माग गर्दै सर्वोच्चमा ४ रिट

कोषले व्यापारीको नामसहित तिर्नुपर्ने रकम तोकेर सूचना प्रकाशन गरेको छ।

२६ जनामध्ये लगभग १८/२० जनाले तोकिएअनुसारको भाडा बुझाइसकेका छन्’ उनले भने, ‘आगामी शुक्रवार अर्थात् फागुन २ गते २६ जना व्यापारीका लागि गोलापथ्रा गरिनेछ।’