प्रेमीकाले धोका दिए पछि एक युवकले सप्तकोशीमा हाम फाले

काठमाडौँ। १० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गरेको फेसबुकमा लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हाम हालेका छन। सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलबाट हाम फालेर युवक वेपत्ता भएका हुन। इटहरीका राजेश बानियाँले मङ्गलबार पुलबाट हाम फालेको हुन।

प्रत्यक्ष दर्शीका अनुसार उनी बिहान देखि नै बाइकमा ओहोर दोहोर गरिरहेका थिए। कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्,

‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो। केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ। गूड बाइ लुइसा, आशा छ तिमीले मलाई माफ गर्ने छौ।

कोशी पुल माथि आँफ्रूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाम्फालेको स्थानीयले बताएका छन्। हामफाले लगत्तै सशस्त्र प्रहरी चतरा ,इलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। चतरा प्रहरीका अनुसार अहिले बेपत्ता उनको खोजी भईरहेको छ।

अन्य सम्बन्धित समाचार:  समयमा रगत नपाउँदा सुत्केरीको निधन