‘सेन्टी भाइरस’ को प्रोमोसन गीतको छायाँङ्कन रङ्गशालामा

काठमाडौँ।  फागुन ९ गतेबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘सेन्टी भाइरस’को एउँटा गीतको छायाङ्कन निर्माणधीन रहेको गौतम बद्ध क्रिकेट रंगसालामा भएको छ।

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा व्यस्त रहेका छन्। उनीहरूले रङ्गशालाको निर्माण कार्य छोड्न नमिल्ने भएको कारण उनीहरूको नयाँ चलचित्र ‘सेन्टी भाइरस’को एउटा गीत रङ्गशालामा नै छायाङ्कन गरिएको बताएका छन्।

छायाङ्कन गरिएको उक्त गीत ‘सेन्टी भाइरस’ को प्रोमोसनको गीत भएको र अहिले निर्माण भइरहेको रङ्गशालाको काम छोड्न नमिल्ने भएकोले चलचित्रको एउटा गीतको छायाङ्कन रङ्गशालामा नै गरिएको चलचित्रको निर्माता समेत रहेका सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन्।

२ करोडको लागतमा बनेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रको ५० प्रतिशत आम्दानी रङ्गशाला निर्माणमा खर्च गरिने बताइएको छ।