डडेल्धुराको अजयमेरुमा नियमित तथा निःशुल्क भिडियो एक्सरे सेवा

डडेल्धुरा। डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पहलमा निःशुल्क भिडियो एक्सरे मेसिन खरिद गरी सेवा सुरु गरेको छ। डडेल्धुरा जिल्लाकै पहिलो पटक आफ्नै ग्रामिण भिडियो एक्सरे कार्यक्रम सञ्चालन गर्ने यो अजयमेरु पहिलो नै भएको छ। एक गैर सरकारी संस्थाको सहयोगमा उपकरण खरिद गरि सेवा संञ्चालनमा ल्याईएको हो। ६ वडा रहेको अमजयमेरु गाउँपालिकाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर स्वास्थ्य चौकीबाट नियमित तथा निःशुल्क सेवा दिइरहेको अ.न.मी माया अवस्थीले बताईन्।

२१ दिने गाउँपालिकाले तालिममा सहभागि गराइ सिकेर आएपछि आफुले सेवा दिइरहेकी छिन्। अहिले गाउँपालिका भरिका गर्भवती महिलाहरुको निःशुल्क चेक जाँच भइरहेको छ। समान्य चेकजाँच गर्ने हुदाँ डडेल्धुरा पठाए अस्पताल पठाउनु पर्ने बाध्यता हटेको अनमी माया अवस्थीले बताईन्। ‘यो सेवाले गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि यस क्षेत्रका महिलाहरुलाई सहज भएको छ।’ अवस्थीले बताईन्।

अन्य सम्बन्धित समाचार:  सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

अहिले डडेल्धुरा सदरमुकाम जान आउने लाग्ने खर्च तथा समय समेत बचत भएपछि खुसी भएका छन् स्थानीय। साथै गर्भअवस्थामा ग्रामीण सडकबाट डडेल्धुरा अस्पताल पुग्नु पर्ने समस्या समेत हटेको छ। गरिब नागरिकले निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि स्थानीय सरकार गाउँमा आएको महसुस गरेको अजयमरु ३ डडेल्धुरकीा शारदा विकले बताईन्।

गर्भबती महिलाले समान्य चेक जाँचका लागि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले भिडियो एक्सरे सेवा सुरु गरेको हो। शिशु मृत्युदर र बाल मृत्युदर शून्य बनाउने गाउँपालिकाको लक्ष्य अनुरुप भिडियो एक्सरे सेवा सुरु गरिएको अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेशप्रशाद भट्टले बताए।

गाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य चौकी छन् भने विकट गाउँमा सामुदायीक सेवा किल्नीकहरु स्थापना गरेको छ। गाउँपालिकाले यसै बर्ष पनि २ वटा नयाँ किल्नीकहरु थप गरेको छ। समाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले पनि केही दिनमा भिडीयो एक्सरे मेसिन उपलब्ध गराउने जनाएको छ। गाउँपालिकाको फागुन १० गतेदेखी वडा ५ को देवलदिव्यपुरबाट सेवा दिने तथा आवश्यक परे वडा वडामा पुराउने योजना रहेको छ।