‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश नदिए भ्रमण वर्ष सफल हुदैन: सांसद भट्टराई

काठमाडौँ। सांसद विद्या भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरस चेक जाँच गर्न राखिएको स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश नदिए नेपाल भ्रमण वर्ष २०२० सफल नहुनेसमेत उनले जनाइन्।

‘भर्खरै नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ, अहिले नै कोरोना भाइरसको जोखिम पनि बढिरहेको छ,’ सांसद भट्टराईले भनिन्, ‘भ्रमण वर्षलाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको स्क्यानर (स्वास्थ्य डेस्क) लाई प्रभावकारी बनाउन जरुरी छ। यो डेक्स प्रभावकारी भएमात्र अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित र कोरोना भाइरस मुक्त छ भन्ने सन्देश जान्छ।’

विमानस्थलमा राखिएको स्वास्थ्य डेस्कको प्रभावकारिता बढाए मात्र भ्रमण वर्ष पनि प्रभावकारी हुने उनले जनाइन्।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले

सरकारले कोरोना भाइरस प्रभावित चीनको उहानबाट नेपाली विद्यार्थी उद्धार गरी ल्याउने प्रयास गरेकोमा खुसी व्यक्त गरिन्। सरकारको यो प्रयासलाई सघाउन उनले सबैलाई आग्रहसमेत गरिन्।