अङ्कमाल अर्थात (हग डे)

काठमाडौँ।   फेब्रुअरी १२ अर्थात् भ्यालेन्टाइन साताको छैटौँ दिन, जसलाई ‘हग डे’ भनिन्छ। त्यसदिन आफूले मन पराएको मान्छे वा आफू प्रेममा भएको मान्छेलाई अङ्कमाल गरेर आफ्नो भावना व्यक्त गरेर मनाइने गरिन्छ।

साधारण अङ्कमालमा धेरै चीजहरू हुनसक्छन्। लामो दिन पछिको भेटमा आराम, मित्रताको अभिव्यक्ति, प्रेमको प्रतीक, समर्थन र स्नेह देखाउनको लागि गरिने एक तरिका। हग डे अर्थात भ्यालेन्टाइन हप्ताको छैठौं दिन यस दिनलाई प्रेमको लागि समर्पित दिन भनेर पनि बुझ्न सकिन्छ।

यदि आज कसैले हग डे मनाएको छ भने, उस्को निम्ति कत्ति अङ्कमालको अर्थ रहेछ भन्ने बुझ्न सकिन्छ। वास्तवमा एउटा प्रेमीले प्रेमिकालाई मात्र होइन, मित्र, परिवार, आफन्त, साथीभाइ, अनि नजिकको मान्छेलाई अङ्कमाल गरेर आफ्नो महत्वपूर्ण अभिव्यक्ति जनाउन सकिन्छ। र एक मिठो सन्देशका साथ खुसी साट्न सकिन्छ।

आफ्नो इच्छाहरू, सन्देशहरू प्रियजनसँग साटासाट गर्ने दिन भनेर ‘हक डे’ लाई उत्तम दिनको रुपमा पनि लिएको पाइन्छ। आफ्नो लामो दूरीलाई प्रिय लागेको मान्छेसँग अङ्कमाल गरेर प्रेम र आनन्द लिने र अङ्कमालले शक्तिलाई बुझ्न मदत गरेको हुन्छ। त्यसैले ‘हक डे’ लाई शक्ति दिने खुसीको दिन भनेर पनि बुझिन्छ।

अङ्कमाल गर्नु आत्माको लागि औषधी हो। यदि कसै पिरमा परेको छ अनि उस्लाई प्रिय लाग्ने मान्छे आएर अङ्कमाल गर्यो भने उस्को आत्मामा खुसीको अनुभुति हुन्छ। उस्मा आत्मा शक्ति बढ्छ।