कतार राष्ट्रिय खेलकुद दिवस: व्रिटिश राजदुतावासले उचाल्यो फुटवलको ट्रफि

काठमाडौं। कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदुताबारले फुटवल खेल प्रतियोगिताको आयोजना गरेको छ। मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा कतार राजदुतावास नेपाल लगायत ८ वटा टिमको सहभागिता रहेको थियो।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए। कतार राजदुताबास, कतार च्यारिटि, रसियन राजदुतावास नेपाल, व्रिटिश राजदुतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनल राउण्डमा भने कतार राजदुताबास व्रिटिश राजदुतावाससंग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुवाससंग पराजित भएको थियो।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटि र रसियन राजदुतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्ने पक्षमा पार्न हम्मे हम्मे परेको थियो। धेरै समयको रस्साकस्सीपछि पेनाल्टि शुटआउटमा रसियाले एक गोलका विरूद्द २ गेल गरेर खेलआफ्ने पक्षमा पार्नसफलभएको थियो।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिगको फाइनलमा चेल्सी

फाइलनमा व्रिटिश राजदुताबास र रसियन राजदुतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा व्रिटिश राजदुतावासले रसियन राजदुतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो। खेलमा विजयसंगै व्रिटिश टिमले मेडलसंगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।