उपत्यकाव्यापि अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौं। श्रमशील विद्यापीठको आयोजनामा आँउदो फागुन ८ गतेदेखि १० गतेसम्म प्रथम श्रमशील कप उपत्यकाव्यापि अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता श्रमशील विद्यापीठकै परिसर कागेश्वरी मनोहरा नगरपालिका वडा नंम्वर– ८ मा नै संञ्चालन हुने संयोजक ऋषिकेश भट्टराईले नेपाली पत्रिकालाई बताए। बुद्धिचालप्रतिको आर्कषण र महत्व विद्यार्थीहरुमाझ उजागर गर्ने लक्ष्यकासाथ प्रतियोगिता संञ्चालन गर्न लागिएको विद्यालयका संस्थापक कमल दाहालले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई पन्ध्रहजार र ट्रफि, दोश्रो हुनेलाई दश हजार र ट्रफि, तेस्रो हुनेलाई पाँच हजार र ट्रफिका साथै सान्तवना पुरुस्कार दुई हजारका अतिरिक्त ट्रफि दिईने जनाईएको छ।

प्रतियोगिताको अन्य जानकारीकोलागि आयोजकसंग सम्पर्क गर्न सकिने समेत बताईएको छ। विद्यालयले आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई सहुलिएत मूल्यमा गुणस्तरिय शिक्षा दिदैं आएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  म्यानचेस्टर सिटीको सहज जित