जसले डाक्टर पढ्न छोडेर कुखुरा पालनमा भविष्य देखे (भिडियोमा हेर्नुहोस्)

डाक्टर पढ्ने उच्च अभिलाषा बोकेर फिलिपिन्स पुगेको त्यो केटो किशोरवयमा अनेक सपनाको संसारमा हराउँथ्यो सायद। पढाईमा अव्बल भएरै होला उसमा डाक्टर पढ्ने चाहना थियो र त आमाबाबुले पनि छोराको इच्छालाई पूरा गरिदिएर विदेश पठाएका थिए। आफूलाई भन्दा ज्यादा माया गरेर हुर्काएको छोरो डाक्टर बनेर देश फिर्नेछ भनेर नै विमानस्थलमा बिदाई गरेका थिए उनीहरूले।

मनभरि आशा अनि मुटुभरि विश्वास साँचेर युरोप पठाएको त्यही केटो अर्थात राजन केसीले अचानक एक दिन पढाई छोडेर देश फिर्ने योजना सुनाएपछि आमाबाबुको सपना भताभुङ्ग भयो। जति बेला छोरा राजनले डाक्टर पढ्ने योजना पुरै त्यागिसकेका थिए। रुकुम घर भएका २६ वर्षीय राजन केसीको जीवन किन डाक्टर पढ्न छोडेर कुखुरा पालनतर्फ आर्कर्षित भयो ?

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी

सेतो एप्रोन संगको सम्बन्ध तोडेर ह्याचरी उद्योगतर्फ लम्केका राजनको मनभित्र लुकेका कुरालाई हामीले यसरी खोतलेका छौ। के हरेक बाबुआमाले साँचेको सपना पूरा नगर्ने छोराछोरीहरू समाजको लागि बेकम्मा हुन्रु या तिनका इच्छा अनुसार मन लागेको गर्न दिनुपर्छ। उत्तर आमा बाबुपिच्छेका फरक आउन सक्लान् तर हामीले राजनका बाबुलाई यही प्रश्न राख्दा उनले दिएको जवाफका साथै यी सवैको जिन्दगीका नालीबेली। (भिडियोमा हेर्नुहोस्)