दुर्घटनामा नायिका सिलवालको मृत्यु

काठमाडौँ। बसको ठक्करबाट नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ।

बुधबार बेलुका धादिङमा विपरीत दिशाबाट आएको बसको ठक्करले स्कुटरमा रहेका दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो।

मोडलसमेत रहेकी महिमाको घटनास्थलमा नै र उनकी बहिनीको उपचारका क्रममा मृत्यु भएको हो।

सिलवाल दिदीबहिनी बुधबार काठमाडौंबाट चितवन जाँदै गरेको प्रहरीले जानकारी गराएको छ। मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

अन्य सम्बन्धित समाचार:  बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु