कुवेतको एक ढुंगाखानीमा पुरिएर चारजना नेपालीको मृत्यु

काठमाडौँ। कुवेतको एक ढुंगा र बालुवाखानीमा पुरिएर चारजना नेपालीको  मृत्यु भएको छ।

मृत्यु हुनेको नाम भने अझै खुलेको छैन।

अरब टाइम्सले जनाएअनुसार ढुंगा फुटाउने क्रममा त्यहाँ कार्यरत श्रमिक पुरिएका थिए।

पुरिएका श्रमिकलाई अहिले पनि निकाल्ने काम भइरहेको छ।

घटनास्थलबाट अहिलेसम्म ६ जनाको शव निकालिएको समाचारमा जनाइएको छ। त्यहाँ कम्तिमा पनि १३ जना नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।