जनयुद्धमा एमालेका तीनसय जनाको रगत बगेको छ : वामदेव

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले जनयुद्धमा तत्कालीन नेकपा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको बताएका छन्।

“जनयुद्धमा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको छ,” जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, “रगत नबग्नुपर्थ्यो। यसको लेखाजोखा पार्टीले गरेको छ।”

उनले गतवर्षदेखि जनयुद्ध सुरु गरेको दिनलाई स्मरण गर्दे सम्पूर्ण सहिद सम्झने, श्रद्धान्जली दिनेलगायतका कार्यक्रम गर्न थालेको बताएका थिए।

 

अन्य सम्बन्धित समाचार:  झन् मजबुत बन्दै विपक्षी गठबन्धन