देवेन्द्र बब्लुको एक्लै जान सक्छौ र? (भिडियोसहित)

काठमाडौँ।  गायक देवेन्द्र बब्लुले ‘एक्लै जान सक्छौ र ?’ बोलको गीत सार्वजनिक गरेका छन्।

बब्लुले बुधवार आफ्नै यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको लय तथा शब्द पनि बब्लु स्वयंकै रहेको छ।

अनिल के मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा देवेन्द्र बब्लु र स्नेहा पौडेलले अभिनय गरेका छन्।

युवायुवतीबीचको प्रेम र विछोड देखाइएको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।

देवेन्द्रका कसरी कसरी, बुढाबुढीु गीत हिट छन्।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै