जनयुद्ध दिवस कार्यक्रम : प्रधानमन्त्री ओली गएनन्

काठमाडौँ।  आज फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरेर मनायो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए।

कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका थिएनन। कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नहुने केही दिनअघि देखि नै चर्चा थियो।  गत वर्षको कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन। त्यसैले आज पनि प्रधानमन्त्री ओली स्वभाविक रुपमा कार्यक्रममा सहभागी नभएको बताइन्छ।

पार्टी एकतापछि कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको हो।

अन्य सम्बन्धित समाचार:  ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो।२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो।