प्रहरी घेराको बिचमा क्रान्तिकारी माओवादीले मनायो जनयुद्ध दिवस

नवलपरासी। नेकपा क्रान्तिकारी माओवादीले प्रहरी घेराको बिचमा २५ औँ जनयुद्ध दिवस मनाएको छ। पुर्वि नवलपरासीको देवचुली नगरपालिका १३ दलदले बजारमा क्रान्तिकारी माओवादी नवलपुरले कोणसभा गर्दै जनयुद्ध दिवस मनाएको हो। जनयुद्ध दिवसमा सरकार बिरोधी गतिविधि हुन सक्ने भन्दै नवलपुरका प्रहरीहरु कार्यक्रममा तैनाथ रहेका थिए ।

नेपाल पुलिस र सशस्त्र प्रहरीका करिव ३० सुरक्षाकर्मिकाबिचमा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको थियो। कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य अनुकुलले सरकार जनताको सेवक नभएर शासकको रुपमा बद्लिदै गएको आरोप लगाईन्।

उनले सरकारले आफ्नो भुमि संरक्षण गर्न नसकेको, सामन्तबाद तर्फ उन्मुख भएको भन्दै नेपालको ७१ स्थानमा दश हजार १९ बर्गकिलोमिटर नेपाली भुमि भारतिय सरकारले मिच्दा पनि दुईतिहाईको सरकारले कुनै सकृयता नदेखाएको आरोप लगाए।

अन्य सम्बन्धित समाचार:  ४ संगठनले पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने

कार्यक्रमका अध्यक्ष एंव नेकपा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी उत्तम थापाले नेपालमा अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) परियोजना मार्फत ५० करोड डलर दिने कुराले सरकार संसदबाद जसरी पनि अनुमोदन गराउने दिसामा अधि बढेको ओरोप लगाए।