मन्त्रिपरिषद्को निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक

काठमाडौं। मन्त्रिपरिषद्ले नियमीत पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गरेको छ। यसअन्तर्गत सरकारले विदा स्वीकृत नगराई कार्यालय नआएका तीन जना वरिष्ठ चिकित्सकसँग स्पष्टिकरण मागेको छ। बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित ११ औं तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेलसँग स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले उपनिर्वाचनपछि भएको झडपमा घाइते भएका अछाम जिल्ला मल्लेख गाँउपालिका ५ का गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरूवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रूपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।

माघ २७ र २८ दुईदिन बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछाम जिल्ला मल्लेख गाँउपालिका वडा न. ५ का गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरूवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। त्यसैगरि

अन्य सम्बन्धित समाचार:  नगरप्रमुख चिकित्सक लिएर सङ्क्रमितको घरघरमा

थापाथली क्याम्पस (इन्जिनियरिङ्ग अध्ययन संस्थान), थापाथली, काठमाडौंलाई बि.ई. अटोमोबाइल (४८ जना) र बि. आर्किटेक्चर (४८ जना) सहितको नयाँ थप कार्यक्रम अध्ययन–अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरि नेपाली सेनालाई श्रीमेहर गणको सुरक्षाजन्य कम्पोजिट लजिष्टिक बेस निर्माण गर्नका लागि बाँके जिल्लाको साविक रझेना गाविस हाल कोहलपुर नगरपालिका वडा न. २ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको मयुर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक वनमा रहेका रूखहरू हटाउन स्वीकृत दिइएको छ।

चर नंम्वरको निर्णय अन्तर्गत तल्लो लिखु जलविद्युत आयोजनाको इन्टेक पावरहाउस सर्जसाफ्ट र पेनस्टक लगायतका स्थायी संरचनाहरू निर्माण गर्न रामेछाप र ओखलढुङ्गा जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ०.८६ हेक्टर (रामेछापको लिखुतामाकोशी गाँउपालिका–४ मा रहेको सिपुपाखा, रातामाटा सामुदायिक वनहरूसमेतको ०.७१ हेक्टर र ओखलढुङ्गाको लिखु गाँउपालिका अन्र्तगतको ०.१५ हेक्टर राष्ट्रिय वन) जग्गा प्रयोग गर्न स्वीकृती दिइएको छ।

पाँच नंम्वर निर्णयको रुपमा नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट (क्रुज स्टेशन) निर्माण गर्न चितवन जिल्ला भरतपुर महानगरपालिका–१६ स्थित राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिइएको छ। यसैगरि बुर्तिवाङ्ग–पहुँदी अमराई–तम्घास–गोरूसिङ्गे १३२ के.भी. प्रसारणलाईनको अर्घाखाँची खण्डको ‘राइट अफ वे’सहित केही टावर संरचनाहरू तयार गर्न अर्घाखाँची जिल्लाको विभिन्न सामुुदायिक वनहरूको कूल ४७.६६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती दिइएको छ।
अर्को नेपाल नागरिक उड्डयनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले भने— बहुमत नपुग्ने भो, महन्थले मानेनन्

त्यसैगरि बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहने ११ औं तहका प्रमुख कन्सल्टेन्ट इ.एन.टि. सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ सेवा नियमावली, २०५५ बमोजिम स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ। यसका साथै अन्य स्वास्थ्य सम्वन्धी केही विशेष निर्णय समेत गरेको छ।