लभ डायरिज’ रिलिज

काठमाडौँ।  फेब्रुअरी १४ अर्थात आज प्रणाय दिवस (भ्यालेन्टाइन डे) आजको दिन विशेष गरी माया गर्ने प्रेमी प्रेमिकाले विषेश दिनको रुपमा मनाउँदै छन्।

यसैको अवसर पारेर आज नेपाली सिनेमा घरमा प्रेम कथामा आधारित चलचित्र ‘लभ डायरिज’ रिलिज भएको छ।

सौरभ चौधरीले निर्देशन गरेको यस फिल्ममा सुशिल श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

संजय लामाको छायाँकङ्न रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै