‘नेपाल आइडल सिजन ३’ को बलियो प्रतिस्पर्धी मानिएको मिग्मा बाहिरिन

काठमाडौँ। सिङ्गीङ रियालिटि सो ‘नेपाल आइडल सिजन ३’ बाट यो हप्ता मिग्मा लामा बाहिरिएकी छिन्। गत हप्ताको प्रश्तुतिको आधारमा बिहिबार उनी बाहिरिएकी हुन्।

उनलाई ‘नेपाल आइडल सिजन ३’ को एक बलियो प्रतिस्पर्धाको रुपमा मानिएको थियो। तर उनी सोबाट भोट कमका कारण बाहिरिएकी हुन्।

गत हप्ताको प्रस्तुतिको आधारमा रचना रिमालले सबै भन्दा धेरै भोट ल्यउन सफल भएकी छिन्। ‘नेपाल आइडल सिजन ३’ मा अहिले ९ जना प्रतिस्पर्धीहरू छन्। नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।