आफैलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

सिन्धुली।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले जानकारी दिइन्।

‘प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड आफ्नै पेटमा गोली प्रहार गरेका हुन्। गोली प्रहारबाट राय गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ। रायले डिउटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो हतियार ९राइफल० खोसेर आफैँलाई गोली प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए।

आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ। तर, एसपी सिग्देलले भने घाइते जावनले गोली प्रहार गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन्।

अन्य सम्बन्धित समाचार:  सातु, सर्वत दान एवं सेवन गरी मनाइँदै अक्षय तृतीया

आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन्।