के सुनाउ म तिमीलाई उसको हालखबर

हालखबर
???

के सुनाउ म तिमीलाई
उसको हालखबर

पीडा भएर उ
पीडाको बनभरी खस्यो
पीडा भएर ऊ
पीडाको मनभरि खस्यो।

टुक्रा टुक्रा बादलहरुसंगै ऊ
आँसु भएर भुइँभरी खस्यो।

पीडाकै खोला भएर
पीडाकै नदी भएर उ
ठूला ठूला सहानुभूतिका
गल्छीहरुमा खस्यो।

देखेकोछु मैले उसका
हरेक नुनिला खसाईहरू।

देखेकोछु मैले उसका
हरेक नुनिला खसाईहरू।

तर हेर
त्यो चिसो सिरेटो,मौसमले
अहिले
आफ्नो बाटो फेरेको छ।
अहिले
उसलाई दुखाउन छोडेको छ।

साक्षी राख्दै मौसमहरुलाई
अहिले उसले पनि
मौसम झै फेरिन सकेको छ।

फूलेका छन् अब उसमा
अनेकन खुशीमय पालुवाहरू

यादै यादका बिझाउने ति
पातहरू सबै झरेर गएको छ।

 

यादै यादका बिझाउने ति
पातहरू सबै झरेर गएको छ।

के
सुनाउ म तिमीलाई
उसको हालखबर

पाएर तिमीलाई
भुलेर आफैलाई
अहिले उ
तिम्रै मायाको
समुन्द्र भएको छ।