फेरि पनि तिमीलाई प्रेम दिवसको लाखौँ लाख शुभकामना

प्रिय रिसब,

सर्वप्रथम त म तिमीलाई के भनेर सम्बोधन गरौँ। जबकी कुनै शब्द म सँग छैन्। अनि अधिकार पनि, अनि सुरुवात गर्ने हिम्मत पनि, तर आजा विवश छु। तिम्रो लागि यो दुई शब्द कोर्न किन कि आजको दिनले मलाई तिम्रो याद दिलायो। तिमी मलाई सम्झिन्छौ सम्झिँदैनौ त्यो त मलाई थाहा छैन। अनि फरक पनि पर्दैन।

यो हरेक पलको लेखाइ पछि दोषी त मलाई नै देखिन्छ होला जसको लागि मैले कुनै पल केही कुराको आशा लिएको थिएन। अनि आज फेरी किन सम्बोधन गर्नु भनेर। म त्यो दोष नि भोग्न तयार छु। किनकी तिम्रो हरेक पलको तिरस्कारले गर्दा मलाई यो दुनियाँको दोषी बन्नु त सामान्य लाग्छ।

सायद तिमीले भुली सक्यौँ होला त्यो दिन जुन दिन क्याम्पसमा हाम्रो पहिलो भेटमा तिमीले मेरो नाम सोधेको अनि मैले मेरो नामको लागि नाम लेखिएको त्यो नोट कापी तिमीलाई सुम्पिदिएको। त्यो बेला नै तिम्रो मायामा म मजुर थिए। तर थाहा थिएन तिमी त्यो हतको लागि लाक थिएनौँ भनेर। दुनियाँले जुन नजरले हेरोस् मलाई कुनै प्रवाह थिएन। तर तिमीलाई दुनियाँको प्रवाह थियो। मायामा जात, धर्म, पैसा, हुन्छ जस्तो लागेन तर तिमीलाई पैसाको फरक थियो।

सायद कमजोरी मेरो थियो। आफूलाई जन्म दिने आमा कर्म दिने बाबा भन्दा धेरै माया तिमीलाई गर्नु। तिम्रो कारणले गर्दा आज म संसारको सबभन्दा धेरै आमा बाबा याद गर्ने छोरीमा पर्छु। धन्य छ तिमीलाई आज मलाई सच्चा प्रेमको अर्थ बुझाएर गयौँ।

सायद आजको दिन तिमीले भुली सक्यौँ होला। तर आजको दिनले गर्दा फेरी तिमीलाई सम्झन विवश भए। आखिर पागल त म नै हो नि? जुन चिजले मलाई चोट बाहेक अरु के नै दिन सकेन।

आजको दिनमा तिमीले मेरो लागि कत्ति धेरै बाचा गरेका थियौँ है। सायद त्यो बाचाहरू पुरा भएको भए तिम्रो नाम मदन भन्दा फरक नपर्ने थियो होला। म तिमीलाई हरेक पलमा खुशी दिन्छु, तिम्रो दुःख मेरो नि दुःख हो, तिमी विनाको एक पल पनि म बिताउन सक्दिनँ, म तिमीलाई सम्मान गर्छु, तिमी जे छौँ त्यही ठिक छौँ।

आज यो तिम्रो बाचाले नै हामी टाढा भयौँ। मैले तिम्रो यो बाचालाई विश्वास नगरेको भए न त तिमीलाई म माया गर्थे। न त हामी नजिक हुन्थ्यौँ। न त मेरो तिम्रो यादमा आशुको ढिक्का झर्ने थियो। न त हामी नजिक भएर टाढिनु पथ्र्यो।

मलाई बाच्न सिकायौँ। मायाको अर्थ दिएर गयौँ। दुनियाँलाई नियाल्ने शक्ति दियौँ। विश्वासको परिभाषा दियौँ। यसको बदलामा तिमीलाई धन्यबाद दिन छुटेको थियो। यसकै पर्खाईमा थिए। जुन आजको दिनमा तिमीले सूरुवात गरेको थियौँ।

म यसै दिनको प्रतिक्षामा थिए। त्यसैले आजको दिन तिमीलाई सम्बोधन गर्दै यहि पत्र मार्फत धन्यबाद। आज हाम्रो मायाको सुरुवात थियो।

तिमी र म एक नभए पनि तिमीलाई प्रेम दिवसको शुभकामना। यदि तिमी कसैलाई माया गर्न लागेको छौ भने त्यो माया मलाई जस्तो झुटो नहोस। अनि आजको दिनमा सुरुवात गर्दै छौ भने निम्रो माया अजर अमर बनोस। अनि मुना मदनको रोमियो जुलियटको अमर प्रेम जस्तै तिम्रो प्रेम इतिहासमा लेखुन। फेरी पनि तिमीलाई प्रेम दिवसको लाखौँ लाख शुभकामना।