टिपरको ठक्करबाट एक जनाको मृत्यु

कैलाली।  कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका ६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका ४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो।

ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बतएको छ।

ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  श्रीसदनमा अवलोकनकर्ताको भीड