प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्वोधन नहुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्वोधन नहुने भएको छ। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ। सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ।

आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालको नालीवेलीका अतिरिक्त उपलब्धिको जानकारी गराउने सम्बोधन यसअघि नै तय भएको थियो। तर राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।