नवलपुरमा ठुलो संख्यामा लागु औषध बरामद

काठमाडौँ।  जिल्ला प्रहरी कार्यलय नवलपुरले ठुलो संख्यामा लागु औषध बरामद गरेको छ।

प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमा काठमाण्डौ वडा नं २३ धुम्बराही बस्ने रबि राई र जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं ११ का सुमन सुबेदीलाई शंकालागी खानतालसी गर्दा उनिहरुको साथबाट ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक खाँडले जानकारी गराए।

यस्तै बुधवार कावासोती नगरपालिका वडा नं १६ चालिसकिलोमा राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ वडा नं। ३२ का दिपक थापा र चितवन भरतपुर वडा नं ४ का कृष्ण कंडेल चढेको ना ४६ प ३४८७ को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल,डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्राभ्याट –१० लेखेको १ पत्तामा १५ ट्याब्लेट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण

बुधवार नै कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो स्थित राजमार्गमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका वडा नं.७ का दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने नारायण क्षेत्रीलाई शंका लागि चेक जांच गर्ने क्रममा निजहरुले लुकाई छिपाई गरी लिई आएको नुफिन ५५ एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी जम्मा १६५ एम्पुल पारी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ। उनिहरुको थप अनुसन्धान भए रहेको जनाइएको छ।