‘सम्झना बिर्सना’ को पोस्टर सार्वजनिक

काठमाडौं।  नेपाली कथानक चलचिभत्र ‘सम्झना बिर्सना’ को पास्टर सार्वजनिक भएको छ। आज प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरीएको पास्टरमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्माको केमेस्ट्रिकलाई देखाइएको छ।

पोस्टर सार्वजनिकसँगै फिल्म निर्माण टिमले फिल्म प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म ‘सम्झना बिर्सना’ आउँदो वर्ष अथवा २०७७ साल जेठ २ गते प्रदर्शनमा आउने भएको हो।

निमेष प्रधान निर्देशित यस चलचित्रमा पुजा र आकाशसँगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको अभिन रहेको छ। युवा पुस्तालाई लक्षित गरेर यो फिल्म निर्माण गरिएको निर्देशक निमेष प्रधानले बताएका छन्। यो फिल्म उनको डेब्यु निर्देशित फिल्म हो।