प्रेम दिवसको अवसरमा ढकाल दम्पती सँगै (भिडियोसहित)

काठमाडौँ। चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘तिम्रो बारे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा रामकृष्ण ढकाल र उनकी श्रीमती निलम ढकालको अभिनय रहेको छ।

केही समय अघि मात्र रामकृष्ण र निलमको सम्बन्ध विच्छेदको खबरले सञ्चार माध्यममा राम्रो स्थान पाएको थियो। उनीहरूले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलेता पनि रामकृष्ण परिवारसँग खुसी नै छन्। र उनीहरु एक साथ देखिन्दै आएका छन्।

सुरेन्द्रमान सिंहको सङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्। म्युजिक भिडियोलाई सार्वजनिक गर्दै गायक ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना चिन्तकहरूलाई प्रेम दिवसको शुभकामना दिएका छन्।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै