कुवेतमा ६ नेपालीको मृत्युको यथार्थ जानकारी गराउ: मानवअधिकार आयोग

काठमाडौं। कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरु कामको सिलसिलामा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भनिएको घटना सम्बन्धमा नेपाल मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको छ।

उक्त घटनाको सम्बन्धमा यथार्थ जानकारी गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।

बैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ।

साथै, उक्त घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकार समेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विपक्षीहरुकाे तयारी