प्रेम, विवाह र जीवन भोगाइको बारेमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दम्पत्तिसंगको (कूराकानी)

ललितपुर। विश्वप्रकाश शर्मा नेपाली राजनीतिमा चर्चाको शिखर तर्फ अघि बढिरहेको एउटा नाम। कुनै समय देश र समाज परिवर्तनको लागि राजनीतिमा बामे सरेका त्यही केटो आज देशको एक पुरानो पार्टी नेपाली काँग्रेसको प्रवक्ताको रुपमा अनवरत काम गरिरहेको छ। विशेषतः युवा पुस्तामाझ आफ्नो स्पष्ट धारणा र उच्च विचारकै कारण उचाइ लिँदै गएको उही नेता शर्माको जीवन राजनीति बाहेक कसरी बित्दो हो? के उनको परिवारलाई उनले समय देलान् वा उनी हर क्षण राजनीतिमै लिप्त् होलान्?

नेता शर्मा सँग जोडिएका अन्य रुचिको दर्जनौं पक्षमाथि रहेर हामीले अन्तरङ्ग कुराकानी गर्ने प्रयास गरेका छौ। यो कुराकानीमा विश्वप्रकाश एक्ला छैनन् साथमा छिन् उनकी जीवनसङ्गिनी कविता शर्मा पनि। कवितालाई उनले कहिले, कहाँ कसरी जीवनभरि साथ दिन्छु भनेर लगनगाँठो कसे? अनि त्यतिबेलादेखि कसिएको मायाको बन्धनमा कहिं कतै उतार चढाव पो आयो की? वा जिन्दगीको रथ सहज ढङ्गले चलिरहेको छ वा केही अवरोध। यी र यस्तै विषयमा रहेर गणेश ओझा र राजु भण्डारीले गरेको कुराकानी।

अन्य सम्बन्धित समाचार:  ओली समूहको स्थायी कमिटी बैठक आज पनि