जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाडौँ।  काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान