कोशी टप्पुमा हात्तीसंग रमाँउदै पर्यटक (भिडियोमा हेर्नुहोस्)

सुनसरी। नेपालको पर्यटन प्रवद्र्धनका लागि हात्ती सफारी महत्वपूर्ण रहेपनि पर्याप्त मात्रामा नहुँदा पर्यटक हात्ती चढ्ने रहर साँचेर नै घुम्न बाध्य छन्। आन्तरिक तथा बाह्य पर्यटकका लागि हात्ती सफारी महत्त्वपूर्ण मानिन्छ। हात्ती चढेर जंगल घुम्नु र जनावर हेर्नु, आरक्ष क्षेत्रमा जीप सफारी गरेर दृष्यावलोकनमा रमाउनु, डुंगा चढेर मनोरञ्जन लिनु, डल्फिन, गिद्ध, कछुवा, गोही, अजिङगर दुर्लभ प्रजातीका चराहरु हेर्नुु कोशी टप्पुको विशेषता हुन्।

कोशी टप्पुमा विदेशी पर्यटकले हात्ती सफारी गर्न १५ सय, तेस्रो मुलुकका विदेशीहरुले २५ सय र नेपालीले ५ सय तिर्नुपर्ने हुन्छ। कोशी टप्पु आरक्ष अर्ना र ५ सय ३६ प्रजातीका चरा अवलोकनका लागि पनि उत्कृष्ट गन्तव्य हो।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकार बनाउन राष्ट्रपतिको आहृवान

कोशी टप्पुमा हात्ती सफारीका लागि ४ वटा हात्तीको व्यवस्था मिलाइएको छ। अमिर कलि, शोभा कली, सरस्वती कलि र दमदम कलिसंग तपाईले प्रकृतिको आनन्द लिन सक्नुहुन्छ।(भिडियोमा हेर्नुहोस्)