झुप्रीको ‘सम्झि रुना रुना’ बोलको देउडा गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। ‘दि भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी झुप्री भण्डारीको ‘सम्झि रुना रुना’ बोलको देउडा गीत सार्वजनिक भएको छ।
कमल संघर्ष र झुप्रिको आफ्नै शब्द रहेको यस गीतमा पाण्डव बिष्टको संगीत रहेको छ। झुप्रीले ‘दि भ्वाइसमा’ आफ्नै रचनामा रहेको गीत गाए पछि चर्चामा आएकी थिइन्।

आफ्नै जीवन कथामा आधारित गीतमा झुप्रीसँगै उनका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । साथै गायत्री भण्डारी, पवित्रा भण्डारी र यसोदा भण्डारीको पनि अभिनय रहेको छ।

विनोद याक्खा र विरेन तितुङ्गले खिचेको म्युजिक भिडियोलाई विनोद याक्खाले सम्पादन गरेका छन। यो गीतलाई कमल संघर्ष र वरुण रिजालले निर्देशन गरेका हुन्। भने विनोद बाजुरेलीको एरेन्ज रहेको छ।

अन्य सम्बन्धित समाचार:  आमा तिमीलाई एक दिन— बिमला भुषाल