काठमाडौँ। दुर्गा खरेलको आवाजमा रहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ को ‘बदनामी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ। अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको यस चलचित्र पत्रकार फूलमान बलको निर्देशन हो भने एसोशिएट निर्देशन सचिन घिमिरेको रहेको छ। चलचित्रमा रेखासँगै दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतका कलाकारहरूको अभिनय रहेको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथामा आधारित यस चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवार मार्फत भुकम्प पछिको मानवीय सङ्घर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताइएको छ।