‘लभ आजकल २’ धमाकेदार कमाई

 काठमाडौँ।  प्रेम दिवसको अवसर पारेर शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘लभ आजकल २’ ले धमाकेदार कमाई गर्न सफल भएको छ।

प्रदर्शन भएको पहिलो दिनमा नै यो फिल्मले झण्डै भारु १४ करोडको कमाइ गरेको छ। कार्तिक आर्यन र सारा अलि खानको मुख्य भूमिका रहेको यस फिल्म प्रेम कथामा आधारित रहेको छ।

यस फिल्मका गीतहरूले पहिले नै लोकप्रियता कमाइसकेको थियो। इम्तियाज अलीको निर्देशनमा रहेको यस फिल्मले प्रदर्शनको पहिलो दिन नै राम्रो कमाइ गर्न सफल भएकोले यो साता राम्रो रेकर्ड राख्ने अनुमान गरिएको छ।