नेहा र आदित्यको विवाहको भिडियो भाइरल

काठमाडौँ।  चर्चित बलिउड गायिका नेहा कक्कड र चर्चित टिभी होस्ट आदित्य नारायण झा को विवाहको भिडियो अहिले भाइरल भएको छ।

‘इन्डियन आइडल’ को सेट देखि चर्चा सुरुभएको उनीहरूको विवाहको कुराले धेरैलाई दोधार पुरिदिएको छ।
उनीहरूको फेब्रुअरी १४ मा विवाह हुने चर्चाले मिडिया छाएको थियो। नभन्दै ‘इन्डियन आइडल’ को सेटमा उनीहरूले विवाह गरेको भिडियो बाहिरिएको छ।

यसको बारेमा चौतर्फी चर्चा आउन थाले पछि, पहिलो पटक आदित्यले मुख खोलेका छन्। आफ्नो जिन्दगीमा यति ठूलो निर्णयको फैसाला आफूले नै लिने र घोषणा पनि आफै गर्ने, विवाह निक्कै ठूलो निर्णय भएकोले आफ्नो विवाह नलुकाउने बताएका छन्।

उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको र मिडियामा जे जति कुरा आएपनि कसैले उनीसँग वास्तविकताको बारेमा जान्न नचाहेको समेत उल्लेख गरेका छन् ।

उनले रियालिटी सोको टिआरपीका लागि सबै गरिएको समेत जिकिर गरे । साथै, उनले सो मेकर्सले जे गर्न आग्रह गरे उनीहरूले त्यसै गरेको समेत बताएका छन् ।

यस अघि आदित्यको बुबा चर्चित गायक उदित नारायण झाले यसको बारेमा बोलेका थिए। नेहा र आदित्यको विवाह टिआरपीका लागि उडाइएको बताएका थिए।