टिप्परको ठक्करबाट २ विद्यार्थीको मृत्यु

विराटनगर।  विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिप्परको ठक्करबाट २ जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ नम्बरको टिप्परले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा २ जनाको मत्यु तथा १ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ। ३ जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा दुर्घटना भएको हो।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन्। घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना गर्ने चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  शवको चापले विग्रन थाल्यो विद्युतीय शवदाहको मेसिन