मछिन्द्रलाई ऐतिहासिक उपाधि

काठमाडौँ।  सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ। दशरथ रङ्गशालामा भएको खेलमा आर्मीका खेलाडी ले गरेको एक मात्र गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो।

मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गरेको हो। च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यश सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो। मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अङ्क जोड्यो।  मछिन्द्रले यश सिजन हिमालयन शेर्पा क्लबसँग मात्र हार बेहोरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विपक्षीहरुकाे तयारी

खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो। मछिन्द्रका मन्जिता धिमालले हानेको फ्रिकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो।  लिगमा यसअघि खासै दर्शकको उपस्थिति नभए पनि अन्तिम खेल हेर्न रङ्गशालामा करिब १० हजार दर्शक उपस्थित थिए।

आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो। यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिससँग अन्तिम खेलमा पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो।