र यसरी नेपाल विलय भयो भने…..

उता आम आदमी पार्टीले भारतमा चमत्कारिक परिवर्तन गरेर हलचल मच्चाई सक्दा पनि यता नेपालमा भने उही पुराना पार्टी र तिनका पुरानै विचारधाराले ग्रस्त नेताहरूले नै देशको ताल्चा साँचो बोकिरहेका थिए। त्यो समय नेपालमा नयाँ वैकल्पिक राजनैतिक शक्तिहरूको केही हल्ला चलेपनि अस्तित्वमा आउन सङ्घर्ष गर्दै थिए। कतिपय मानिसहरू नयाँ पार्टीलाई अव अगाडि ल्याउन पर्छ भनेर ठूलाठूला कुरा त गर्थे तर व्यवहारतः त्यसो हुन सकेको थिएन। नयाँ वैकल्पिक शक्तिहरूले आशा गरे अनुसारको परिणाम ल्याउन सकिरहेका थिएनन्।

अर्कोतिर भारतमा पुराना ढाँचाका रेलहरू विस्थापित भएर आधुनिक रेलहरू चलिसक्दा पनि यता नेपालमा भने जनताहरू त्यतिबेला दुईतिहाइको शक्तिशाली सरकारले देखाएको रेल र पानी जहाज आउने दिन गनेर बसेका थिए। देशमै रोजगारी पाइन्छ भन्ने आशैआशामा धेरै युवाहरूले वृद्ध बाबुआमा र छोराछोरीलाई बिदाइका हातहरू हल्लाएर गहभरि आँशु पारेर खाडी जाँदै नै थिए। सत्तामा रहेकाहरूका ठाँट र शान बेग्लै थियो। त्यतिमात्र हैन सामान्य जिन्दगी बिताएर आएकाहरूले जव स्थानीय तहमा वडाअध्यक्ष देखि नगर र गाँउ पालिकाको प्रमुख पड्काए आफूलाई छोटा महाराज ठान्दै हरेक विकासको योजनामा र्‍याल काट्दै धनी भइसकेका थिए।

कैँयौ दिदीबहिनी दाजुभाइहरू रोजगारकै खोजीमा छड्के बाटो भारत भएर त कति देशकै विमानस्थल भएर विदेश गइनै रहेका थिए। ती मध्य पनि धेरैको अवस्था सुखद नरहेको समाचार त्यतिबेलाको अखबारको मुख्य शीर्षक बनिरहेका थिए। त्यसका बाबजुद पनि अव त देशले काँचुली फेर्ला भनेर लामो श्वास तानेर बसेका पनि धेरै थिए। बुढापाकाहरू पिढिँको डिलमा बसेर हामीले त विकास देखेनौं अव नातिनातीनाहरुले चाहीँ विकास नै विकासमा हिड्न पाउने भए भनेर हुक्का तान्दैं तिघ्रा पड्काउँथे। यी र यस्तै अवस्था थियो नेपालको।

राजनीतिक परिवर्तनको आशा गर्दागर्दै अचानक एक दिन सूर्यमा कालो धब्बा देखिन थाल्यो भन्ने समाचार बिबिसिले ब्रेक गरिदियो। अन्तरराष्ट्रिय संञ्चारमाध्यमहरुमा त्यो समाचारले राम्रो प्राथमिकता पाँईरहँदा समेत यता नेपालमा भने खवरले महत्व पाउन सकेको थिएन।

राजनीतिक परिवर्तनको आशा गर्दागर्दै अचानक एक दिन सूर्यमा कालो धब्बा देखिन थाल्यो भन्ने समाचार बिबिसिले ब्रेक गरिदियो। अन्तरराष्ट्रिय संञ्चारमाध्यमहरुमा त्यो समाचारले राम्रो प्राथमिकता पाँईरहँदा समेत यता नेपालमा भने खवरले महत्व पाउन सकेको थिएन। पहिला–पहिलाकै जस्तै सामान्य होला भनेर यता, ‘न सरकार न जनताले’ खासै महत्व दिएका थिएनन्।

यता त्यो खवरले महत्व नपाएपनि दिनप्रतिदिन विश्वको ध्यान भने खिच्दै गएको थियो। खवरको वेवास्ता गर्दै यता नेपालमा भने सत्तापक्ष र प्रतिपक्षको जुहारी चलिनै रहेको थियो। सत्ता पक्ष विकासको दर्जनौं सूचि देखाएर देश र जनतालाई भ्रम छर्दै थियो भने प्रत्तिपक्ष पनि आफूलाई फाईदा हुने मुद्धामा मौनता साँधेर चुपचाप बस्थ्यो। फाईदा नहुने भएपछि नाक बजाँउदैं सदन अवरुद्ध गर्न माहिर थिए प्रतिपक्षी दल भनिनेहरु।

यता राजनीतिबाट दिक्क भएका जनता न सत्ता पक्ष न प्रतिपक्ष दुवैलाई गन्न छाडीसकेका थिए। नयाँ शक्तिहरुको आशा गरेपनि तिनले नेपाली राजनीतिमा एउटा सानो ढुगाँ फँयाकेर तंरग त ल्याएका थिए तर छाल आउन सकेको थिएन। र पनि जनता आशावादी नै थिए।

के नेपालमा पनि भारतको जस्तै दिन आँउला भनेर सामाजिक सञ्जालमा एदाकदा प्रश्नहरु लेखेको भेटिन्थ्यो। त्यसो त त्यतिबेला देशभित्रै ठूला–ठूला जग्गा काण्डमा उपल्लो तहका नेताहरु मुछिएका समाचारहरु जनता पढ्न बाध्य थिए। सोहि काण्डमा अख्तियारले सयौंलाई मुद्धा दायर गरेको थियो भने सर्वोच्चले सत्तामा आसिन पार्टीका दुई शीर्ष नेतालाई जग्गा प्रकरणमा नमुछनुको कारण के भन्दै सोधेको समाचारको पनि जनता साक्षी नै थिए। अवस्था जे जस्तो भएपनि जनता सन्तान सुखको खुसीकोलागि हरेकदिन महँगो श्रम गर्दापनि खान लाउन धौ–धौंको अवस्थामा थिए।

उता शक्ति र पदमा हुनेहरुले देशलाई धमिराले काठ खाए जस्तै भित्रभित्रै खोक्रो पारिसकेका थिए। त्यतिबेला सम्मपनि देशका कतिपय स्थानका जनता सामान्य मोटरगाडी देख्ने अवस्थामा थिएनन् भने भर्खर–भर्खर कहिकतै मोटरगाडी उद्घघाटन हुने रे भन्ने खवर सुन्नासाथ दुईदिन हिडेर आउने गरेको समाचार पनि त्यति बेलाका अखवारहरुको शीर्ष समाचार बन्थें।

उता शक्ति र पदमा हुनेहरुले देशलाई धमिराले काठ खाए जस्तै भित्रभित्रै खोक्रो पारिसकेका थिए। त्यतिबेला सम्मपनि देशका कतिपय स्थानका जनता सामान्य मोटरगाडी देख्ने अवस्थामा थिएनन् भने भर्खर–भर्खर कहिकतै मोटरगाडी उद्घघाटन हुने रे भन्ने खवर सुन्नासाथ दुईदिन हिडेर आउने गरेको समाचार पनि त्यति बेलाका अखवारहरुको शीर्ष समाचार बन्थें। अवस्था यति सम्म थियो की आफ्नो माटो बाँझो राखेर पराईको खेत जोत्न जानेहरुको नियतीमा फेरवदल आएको थिएन।

यसरी नै नेपाल र नेपाली जनता विश्वका कतिपय देशले गरेको वैज्ञानिक चमत्कारको खवर सुनेर त्यसै–त्यसै दंग परिरहन्थें। यता नेपालमा केही हुन सकिरहेको थिएन।

उता सूर्यमा देखा परेको कालो धब्बा दिनप्रतिदिन बढ्दै गएको अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले पुष्टि गर्दै थिए। उनीहरुले यसअनुसार क्रमशः अव पृथ्वीमा मानव बसोबास असंभव रहेको भनेर प्रमाणित गरिदिईसकेका थिए।
उता त्यतीबेलासम्म मंगल ग्रह मानव बसोबासकोलागि योग्य रहेको प्रमाणहरु पुष्टि भइसकेका थिए। केही वैज्ञानिकहरु लामो समय सम्म मंगल ग्रहमा बसेर अनेक अनुसन्धानमा जुटेर बसोबास संभव रहेको निचोडमा पुगिसकेका थिए।

यसै अनुसार वैज्ञानिकहरुको भनाइलाई आधार मानेर विश्वका कतिपय संमृद्ध मुलुकहरुले आफ्ना नागरिकलाई विश्वव्यापी रुपमा मंगल ग्रहमा बसाईसराईमा लाने योजना अनुसार तयारीमा जुटिरहेका थिए। त्यसो त विश्वव्यापी रुपमा पृथ्वीका मानवहरुलाई मंगल ग्रहमा बसोबास गर्न संयुक्त राष्ट्र संघले अपिल नै गरिसकेको थियो। त्यतीबेलासम्म छिमेकी भनिने देश चीन र भारतले समेत आफ्ना नागरिकलाई मंगल ग्रहमा बसोबास गराउने सामाथ्र्य राखिसकेको थियो।

यता नेपालको अवस्था विश्वको अन्य देशहरुको जस्तो थिएन। जुन देशले त्यतीबेलासम्म पनि आफ्ना नागरिकलाई रेल चढाउने सामाथ्र्य राख्न सकेको थिएन्, रकेट चढाएर अनि विषेश यानको व्यवस्था गरेर मंगल ग्रहमा लाने कूरो असंम्भव जस्तै थियो।

विश्वव्यापी आह्वान अनुसार अमेरिका, युरोपका कतिपय मुलुकका जनता मंग्रल ग्रह तर्फ जान थालीसकेका थिए। सामाथ्र्य नभएका कतिपय नेपाल जस्तै देश र त्यहाँका जनता भने अरु मंगल ग्रहमा गएका समाचारहरु टुलुटुलु हेरेर बस्न पर्ने अवस्थामा थिए।

त्यतिबेला सम्म देश हाँक्ने नेताहरूले समेत भाषणमा नै भएपनि नआतिनुस् हामी तपाईहरुलाई केही गर्छौ भन्न जनतालाई सकेका थिएनन्। उनीहरु आफैंमा त्यसै–त्यसै विचलीत भइसकेका थिए।

अर्कोतर्फ चीनमा पढ्न गएका विद्यार्थीहरुलाई कोरोना भाईरसको त्रासले पिरोलँदा समेत उनीहरुको अनुनय विनयलाई बैलैमा पूरा गर्न सरकार सकिरहेको थिएन भने मंगल ग्रहमा बसाँई लाने सपना समेत देख्न सक्ने अवस्थामा जनता थिएनन्।

यो सवै २१ औं शताव्दीको अन्तयतिरको कूरो थियो। सोही अनुसार नेपालीहरु न मंगल ग्रहमा जान सक्ने हैसियतमा नै थिए न अरु केही उपाय नै लगाएर बाँच्न सक्ने अवस्थामा थिए। उनीहरु बाँचिने प्रत्येक पलहरु भोज उत्सव मनाएर बिताउन थालेका थिए। नशामा नडुव्ने मान्छे सायद भेट्टाउन मुस्किल थिए।

यो सवै २१ औं शताव्दीको अन्तयतिरको कूरो थियो। सोही अनुसार नेपालीहरु न मंगल ग्रहमा जान सक्ने हैसियतमा नै थिए न अरु केही उपाय नै लगाएर बाँच्न सक्ने अवस्थामा थिए। उनीहरु बाँचिने प्रत्येक पलहरु भोज उत्सव मनाएर बिताउन थालेका थिए। नशामा नडुव्ने मान्छे सायद भेट्टाउन मुस्किल थिए। केटाकेटीको अवोध चेहरामा बाबुआमाले कुनै भविष्य देख्न छोडेका थिए। पीडाको पहाड बोकेर बाँचिरहेका थिए जनताहरु।

हरेक दिन बाँच्न पाईयोस् प्रभु भनेर पशुपतिनाथमा दर्शन गर्न जानेहरुको लामै लस्कर सहरका चोकचोकमा देखिन्थ्यों। अनि भएका धेरै जस्तो देवीदेवताका मन्दिरहरुमा बाँच्न पाईयोस् भन्दै पुकारा गर्ने चिच्याउनेको दुश्य कल्पना गर्न नसकिने थियो।

जताततै रहेका हरेक ढुगाँहरुमा समेत अविरले पोतिएका भेटिन्थें। किनकी नेपालीहरुको आस्था मन र मुटु भएको सरकार र तिनका प्रधानमन्त्री र मन्त्रीहरुमा भन्दा पत्थरकै मुटु र पत्थरकै आँखा भएका ढुगें देवताहरुमा ज्यादा थियो।
अवस्था यति दुखदायी थियो की कल्पना गर्न समेत निक्कै हम्मेहम्मे थियो। यसै अनुसार नेपाली जनताले गरेको बाँच्न पाउने पुकारा पुकारामै सीमित हुदैं गयो।

पृथ्वीमा तापक्रम कम हुँदै गयो, मान्छेको जीवन चुनौतीमय बन्दै गयो। नेपाल भित्रकै संघर्ष गर्न सक्नेहरु वा हुनेखानेहरुले अनेक तौरतरिकाले बाँच्ने दिनहरु बढाए। तर जोसंग दुईछाँक खान समेत धौ धौ थियो, उनीहरुको दैनिकी कष्टकर बन्दै थियो। पृथ्वीमा विरुवाहरु उम्रन छोडेका थिए। ससाना जीवजन्तुहरु हराँउदै गएका थिए। अन्नपात फलाउन ज्यादै नै चुनौती हुदैंगएको थियो।

हिमालमा ज्यादै चिसो भएपछि हिंउको थुप्रो दिनप्रतिदिन बढ्दै गएको थियो। संसारको अग्लो हिमाल रहेको देशका जनताको मनको पीडाको गहिराई नापीदिने कोही थिएन। ससाना थुम्काहरुमा पनि हिउँले भरिन थालेका थिए।

दैनिक जनजीवन अत्यन्तै कष्टकर हुदैगएको थियो। मानिसहरू यति विचलीत हुर्दै गएका थिए की नयाँ सन्तान जन्मन छाडेका थिए। मान्छेहरु पीडामा बाँचेका थिए। तापक्रम कम हुदाँ सवै क्षेत्रमा प्रत्यक्ष असर पर्दै गएको थियो। हिमालहरु पग्लन छाडेर नदिनालाामा पानी बग्न छाडेका थिए। पानीको अभाव बढ्दै गएको थियो। मरुभूमिको जिन्दगी बाँचिरहेका थिए नेपालीहरु।

सरकारले जनताको पीडामा मलम लगाउन हेलिकप्टरबाट बँचेखुँचेको चामलका बोराहरु बस्ती–बस्तीमा खसाल्थ्यो, त्यहीलिन जान समेत होलीमा लोला छलेको जस्तै गरिजान पर्ने नियतीबाट मुक्त थिएनन् जनता। उराठ अनुहार र  कलेटी परेका ओठहरुमा मुस्कान हराएको धेरै भईसकेको थियो।

सरकारले जनताको पीडामा मलम लगाउन हेलिकप्टरबाट बँचेखुँचेको चामलका बोराहरु बस्ती–बस्तीमा खसाल्थ्यो, त्यहीलिन जान समेत होलीमा लोला छलेको जस्तै गरिजान पर्ने नियतीबाट मुक्त थिएनन् जनता। उराठ अनुहार र कलेटी परेका ओठहरुमा मुस्कान हराएको धेरै भईसकेको थियो। लोकभाका र सोरठीहरुको ताल हराईसकेका थिए न वाँकी थियो हाम्रा मौलिक लोकभाकाका लयहरु। किनकी मान्छेहरुमा कुनै उत्साह थिएन न कुनै उमंग।

बाँचिने प्रत्येक पलहरुलाई जसोतसो घिर्सान पर्ने अवस्था जो थियो। यसरी नै नेपालको अस्तित्व सकिदै–सकिदै थियो संगै पृथ्वीको। विद्यालयहरु बन्द थिए। अस्पतालहरु बन्द थिए। सवै क्षेत्र अस्तव्यस्त भईसकेको थियो। पुथ्वी शून्यमा विलाईसकेको थियो। केही अस्तित्व वाँकी थिएन।

यसवीचमा उता २१ औं शताव्दीको अन्तयतिर सूर्यमा देखिएको कालो धव्वाका कारण मंगल ग्रहमा बसाईसराई सर्न पाउने भाग्यमानीहरुको सूचिमा केही नेपालीहरु पनि रहेका थिए। जो धेरै पहिला नै अमेरिकाको सम्पन्नशाली परिवारको कित्तामा उभिएका थिए। जसको परिचय मात्र, कुनै समय नेपाल मेरो पुर्खाको देश हो भन्ने थियो। उनीहरु मंगल ग्रहमा पुगिसकेका थिए। यो २५ औं शताव्दीतिरको कूरो थियो।

२५ औं शताव्दीमा मंगल ग्रहमा रहेका विद्यार्थीहरुले गर्नुपर्ने उच्च शिक्षाको एक पेपरको विषय थियो, ‘२१ औं शताव्दीमा पृथ्वीको विलय’ शीर्षक। त्यसमा पनि विद्यार्थीहरुले आ–आफ्नो हिजाको परिवेशलाई आधार मानेर अनुसन्धान गर्न चाहे। सोही अनुसार नेपालीमूलका मंगल ग्रहमा रहेका विद्यार्थीहरुले चाहि नेपाल र नेपालीहरुको विषयलाई अनुसन्धानको पाटो बनाएका थिए।

उनीहरुले गरेको अनुसन्धानमा थियो, ‘विश्वमा एउटा सानो देश थियो, त्यो देश को नाम नेपाल थियो। जहाँ हिमाल, पहाड र तराई थियो। मानिसहरू मिलेर बसेका थिए। उनीहरु त्यतिमा मात्र सीमित थिएनन्, वीर नेपालीहरुको उपमाले समेत बिश्व भरि परिचीत थिए। जसका होनहार बहादुर छोराहरुले प्रथम र द्वितिय विश्वयुद्धमा लडेर वीर गोर्खालीको पदवी पाएका थिए।

नेपालीहरु सोझा थिए, अतिथि देवो भन्ने उनीहरुको मूल मन्त्र थियो। मान्छे भन्दा ज्यादा मन्दिरहरु थियो। जहाँ मन नै लोभ्याउने कलासंस्कृतिका अनेक धरोहरहरु थिए। विश्वका धेरै मान्छेहरु त्यही बहुभाषा र संस्कृतिले सम्पन्न देशको कला,संस्कृति,भेषभूषको अध्ययन गर्नको अलवा प्रकृतिको मजा लुट्न आँउथे। उनीहरु मालश्रीको धुनमा रमाउँथे त सोरठीको भाकामा झुम्थें। ठाँउ पिच्छेका मानिसहरुको आफ्नै चाडपर्व थिए। असारमा धान रोपेर मंसिरमा भकारी भर्थे।

जहाँ विश्वको अग्लो शिखर सगरमाथा थियो। शान्तिका अग्रदूत बुद्धको जन्मस्थल थियो। पशुपति , स्वयम्भू जस्ता मन्दिरहरु देशको राजधानी काठमाडौंको मध्य भागका थिए। यी बाहेक विभिन्न जिल्लामा अनेक किसिमका मठमन्दिर ,तालतलैयाहरुले त्यो देश स्वर्ग जस्तै थियो। अनेक विशेषताका कारण त्यो देशलाई विश्वका धेरै मान्छेहरुले चिन्थें। त्यो देशमा लामो समय युद्धले धेरै मान्छेहरु अत्यासलाग्दो जिन्दगी पार गरेर आएका थिए।

 

देश र जनताको परिर्वतनकोलागि युद्धको थालनी भएपनि त्यसका अवशेषहरु बाँकि नै थिए। युद्धको रापमा सेकिएकाहरु पछिसम्म पनि निको नभएका घाउहरु बोकेर बाँचेका थिए। द्वन्दपीडितहरु बैशाखी टेकेर पनि भोलिको भविष्यको कामनामा हिडिरहेक थिए।

देश र जनताको परिर्वतनकोलागि युद्धको थालनी भएपनि त्यसका अवशेषहरु बाँकि नै थिए। युद्धको रापमा सेकिएकाहरु पछिसम्म पनि निको नभएका घाउहरु बोकेर बाँचेका थिए। द्वन्दपीडितहरु बैशाखी टेकेर पनि भोलिको भविष्यको कामनामा हिडिरहेका थिए। युद्धले धेरै मानिसहरू खाएपनि बाँचेकाहरुले भोलिको उज्वल भविष्यको कामना
गरिरहेका थिए।

परिवर्तनको आशा देखाएर धेरैलाई युद्धमा लगिएपनि सो अनुसारको परिवर्तन जनताले चाहेरै गर्न सकेका थिएनन्। जनता पीडामा बाँचीरहेकै बेला २१ औं शताव्दीको अन्तयतिर अकस्मात सूर्यमा देखिएको कालो धव्वाका कारण विश्वका धेरैजस्तो मुलुकका जनतालाई ती देशले मंगल ग्रहमा बसाँईसराँई सारेपनि नेपालीहरु बाँचिने प्रत्येक पललाई उत्सवको रुपमा मनाएर बसेका रहेछन्।

यसरी क्रमशः तापक्रम कम हुदैं गएर पृथ्वी मानववसोवसाकोलागि अयोग्य ठहर भएसंगै सङ्घर्ष गर्दागर्दै सरकारलाई धिक्कादैं नेपाल र नेपाली पनि विलय भएका रहेछन्।’ २५ शताव्दीमा मंगल ग्रहमा भएका नेपालीमूलका ती विद्यार्थीहरुको अनुसन्धानमा थियो।

अघिल्लो रात अलि ढिला नै सुतेको थिए। विहानको पहिलो प्रहरमा नै सडकमा वेतोड हुईकिएको ट्रिपरको आवाजले मेरो निद्रा खल्वलायो। यसो मोवाईलमा हेर्छु त विहानको ५ बजेर ७ मिनेट गईसकेछ। हतार–हतार उठेर अघिल्लै दिन साथीलाई पशुपतिमा भेट्न समय दिएको सम्झीए।

सोहिअनुसार उसलाई भेट्न बा.७७.प ३७३५ नंम्वरको बाईक चढेर घरबाट निस्कें। मोटरबाईकमा गुडिरहँदा सोचे के मेरो देशको अवस्था अघि राति मैंले देखेको सपना जस्तै भयो भने? म धेरै बेर घोत्लीरहें। गौशालाबाट पशुपति मोडिने ओरालोमा ट्रनिङ लिन खोज्दा ट्राफिकले फुरुरुरु सिठी फुँकेपछि पो झँल्यायस् भए। कतै मैले देखेको सपना विपनामा परिणत भयो भने ?