साझा पार्टीको गोलमेच छलफल सम्पन्न

काठमाडौं। साझा पार्टीको नीति र राजनीतिक मामिला विभागले शनिबार काठमाडौंमा गोलमेच छलफलको आयोजना ग¥यो। ‘फरक धारको राजनीतिको औचित्य, अवसर र चुनौती विषयक उक्त गोलमेच छलफलमा बुद्धिजीवि, पत्रकार, लेखक, अभियन्ताको बाक्लो सहभागिता रहेको थियो। छलफलमा सहभागि अधिकांश वक्ताहरुले नेपाली राजनीतिमा फरक धारको औचित्यमाथि जोड दिएका थिए।

छलफलमा वरिष्ठ अधिवक्ता विपिन अधिकारीले तत्कालिन अवस्थामा रहेको मुद्धाहरुलाई केन्द्रमा राखी पार्टीहरु स्थापित हुँदै  गएको प्रसंग राख्दै साझा पार्टीले पनि विद्यमान मुद्धाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरि छलफलमा सहभागि टिका ढकालले साझा पार्टीले कुनै समय आशाको झिल्को देखाएपनि यतिखेर निभ्दै–निभ्दै गएको हो की भन्ने आशंका रहेको धारणा व्यक्त गरे। उनले नेपालमा रहेका कमन्युष्टिहरुको औचित्य समयक्रममा ज्यादा रहेतापनि सो अनुसार ती पार्टीहरुले आफ्नो उपस्थिति देखाउन नसकेको धारणा व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

त्यसैगरि छलफलमा अरु राजनीतिक पार्टीहरुले गरिरहेको कामको निरन्तर खवरदारी गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्रका प्राध्यापक नीधि खनाल अर्यालले बताईन्। उनले अरु राजनीतिक पार्टीहरुले जस्तै विद्यार्थी संगठनहरु खोल्नुभन्दा आफू प्रति आवद्ध सकरात्मक सोच भएका व्यक्तिहरुको संगठन निर्माण गर्नसकिने राय प्रस्तुत गरेकि थिइन्।

छलफलमा सहभागिहरुले जुनसुकै पार्टीहरु शुरुमा तामझामका साथ आउने र विभिन्न मुद्धाहरु उठाएर भोट माग्ने र मुद्धाहरुबाट पन्छिने भन्दै साझा पार्टी फरक किसिमले जनताको भावना बुझेर अघि बढ्न सक्नु पर्ने धारणा राखेका थिए।
यस्तै कार्यक्रममा युवाहरु सबै पलायन भईरहेका बेला गाउँ रित्तो हुँदै गएको भन्दै त्यसको विकल्प दिन नसके गम्भीर अवस्था आउन सक्ने धारणा अन्य सहभागिहरुको थियो।

छलफलमा पुराना राजनीतिक दलहरुको व्यवहार र कार्यशैलीप्रति जनता रुष्ट रहेको भन्दै ती यावत चुनौती चीर्न सकेको खण्डमा नयाँ शक्तिहरुको औचित्य र महत्व रहने सहभागीहरुको जोड थियो। सहभागिहरुले वैकल्पिक राजनीतिक धारको आवश्यक्ता बढ्दै गएको भन्दै देशको मुहार फेर्न सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  गण्डकीकी प्रदेश प्रमुख पौडेलले गरिन् पदभार ग्रहण

छलफलको सहजीकरण पार्टीका राजनीतिक मामिला विभाग प्रमुख मुमाराम खनालले गरेका थिए भने संन्दर्भ र औचित्यबारे नीति विभाग प्रमुख एवंम् प्रवक्ता सूर्यराज आचार्यले प्रष्ट्याएका थिए। छलफलको निचोडमा संयोजक रविन्द्र मिश्रले साझा पार्टीले सबै तह र तप्काका ब्यक्तिहरुबाट पार्टीप्रतिको धारणा समेट्ने सोचकासाथ कार्यक्रम आयोजना गरेको धारणा राखे। उनले पन्ध्र वर्षमा सिक्नुपर्ने पाठ आफूहरुले केही समयको अन्तरालमै सिकेको बताँउदै पार्टी स्थापनादेखि फूटसम्मको अनुभव मनन गर्दै आँउदो दिनमा अघि बढ्ने धारणा राखे।