‘बिग बोस’ को उपाधि सिद्धार्थ शुक्लालाई

काठमाडौँ। चर्चित भारतीय रियालिटि सो ‘बिग बोस’ १३ संस्करणको उपाधि भरतिय टेलिभिजनका अभिनेता सिद्धार्थ शुक्लाले हात पारेका छन्। उनले ५० हजार नगद सँगै एउटा कार पाएका छन्।

गत सेप्टेम्बरमा सुरु भएको ‘बिग बोस’ ग्राड फिनाले शनिबार भएको हो। करिव चार महिना सम्म चलेको यस चर्चित सोमा धेरै नै विवाद उत्पन्न भएको थियो। फाइनलमा जम्मा ६ जना प्रतिस्पर्धी पुगेका थिए।

सिद्धार्थ शुक्लासँगै आसीम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा फाइनल राउन्डमा पुगेका थिए। फाइनल पाउण्डबाट सबैभन्दा अगाडि पारस छाबडा बाहिरिएका थिए। उनले रु १० लाख पुरस्कार पाएका छन्।

त्यस पछि जनताको मतको आधारमा आरती सिंह, रश्मि देसाई, शहनाज गिल बाहिरिएका थिए। अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाज बिच प्रतिस्पर्धा भएको थियो। उनीहरु दुई बिच सबभन्दा धेरै भोट प्राप्त गरेर सिद्धार्थ शुक्लाले ‘बिग बोस’ १३ संस्करणको उपाधि हात पारेका हुन्।