वुहानबाट १७५ विद्यार्थी काठमाडौँ ल्याइयो, ६ जनामा स्वास्थ्य समस्या

काठमाडौँ।  कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहान शहरबाट १७५ नेपाली विद्यार्थीलाई ल्याइएको छ।

विहान ४ बजेतिर उनीहरुलाई काठमाडौं ल्याइपुर्‍याइएको हो। १८५ जनाले नेपाल आउन आवेदन दिए पनि १० जना उतै छोडिएको छ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार, ६ जनाको स्वास्थ्य समस्याले उतै छोडिएको हो। चार जनाले भने स्वेच्छाले आउन चाहेनन्। ६ जनामा कस्तो स्वास्थ्य समस्या हो भन्ने खुलाइएको छैन।

शनिबार अपरान्ह ४ बजे काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी आइतबार बिहान ४ बजेतिर आइपुगेको हो। टोलीमा चार जना स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रु मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पाचर १७ जना थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

स्वास्थ्यमा ज्वरो बढेकालाई चीन सरकारले देश छोड्न दिएको छैन। नेपाल आइपुगेकालाई भक्तपुरको खरीपाटीमा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन राखिनेछ।