मौसम सामान्य बदली, पहाडी क्षेत्रका केही भागमा पानी पर्ने सम्भावना

काठमाडौँ। आइतबार पहाडी क्षेत्रको एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

आइतबार अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ। अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ।

तर पहाडी क्षेत्रको मौसम पूर्णरुपमा नखुले पनि ठूलो पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि