प्रेम पुरीको ‘क्रान्तिविर’ अवतार

काठमाडौँ। यो वर्षकै बहुप्रतिक्षित मानिएको फिल्म ‘प्रेमगीत ३’ आगामी चैत्र २७ गते प्रदर्शनको तयारीमा रहेको छ। फिल्मको निर्माता तथा निर्देशक सन्तोष सेनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार प्रेम पुरीको ‘क्रान्तिविर’ अवतारलाई सार्वजनिक गरेका छन्।

कलाकार पुरीको ‘क्रान्तिविर’ अवतार सार्वजनिक भएसँगै आम दर्शक माझ थप कौतुहलता बढेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचार प्रसार तीब्र दिदैँ आइरहेको छ।

यस अगाडि रिलिज भएको यस फिल्मको गीत ‘हात्ति ढुङगामा’ ले धेरै लोकप्रियता कमाइसकेको छ।

अभिनेता प्रदिप खड्का, नवअभिनेत्री क्रिस्टिना गुरुङ, सुनिल थापा, माओत्सा गुरुङ, शिव श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको यस फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्।