फागुन ४ गतेदेखि १० गतेसम्मको साताको राशिफल

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)  समय राम्रो छ। धन लाभ हुने सम्भावना छ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। विदेश यात्रा तथा अन्य शुभ भ्रमणको सम्भावना देखिन्छ, स्वास्थ्य राम्रै रहला।

वृष राशि (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) राम्रो खालको समय छ। अस्थिर रहँदा लाभकारी यात्रा हुन सक्नेछ। परिवार इष्टमित्र सँगको सम्बन्ध राम्रो हुनेछ। व्यवसाय तथा नोकरीबाट राम्रो रहनेछ। स्वास्थ्यमा विशेषगरी तनाव आउनाले शरीरमा ख्याल राख्नु होला।

मिथुन राशि (का,कि,कु,घ,ङ,छ,के,को,हा) यो साता राम्रो समय रहनेछ। विदेश भ्रमणका साथै व्यवसाय तथा उपयुक्त निर्णयहरु बाट विशेष लाभ हुनेछ। फजुल खर्च हुनसक्छ। पढाइ राम्रै छ। परिवार तथा शत्रुहरूबाट समेत आम्दानी बढ्न सक्ला।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)  मध्यम समय छ परिवार साथीभाइ तथा छरछिमेकहरु बाट आम्दानी बढ्ने योग छ। विद्यार्थीहरूको पढाइमा भने खासै मन नलाग्ला। स्वास्थ्यमा समस्या रहन सक्छ, प्रेम सम्बन्ध भने राम्रै रहला।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) समय ठिक छ। आम्दानीका नयाँ श्रोतहरू खुल्ने योग छ। भाग्यको कारक समय छ। झैझगडामा नपर्नु होला। परिवारसँगको सम्बन्ध राम्रो छ। स्वास्थ्यमा भने ध्यान राख्न होला। विद्यार्थीहरूको पढाइमा राम्रो योग छ।

कन्या राशि (टो,पा,पि,पु,ष,ण,पे,पो) राम्रै समय छ। परिवार र सन्तानबाट सुख पाइएला। मीठो खान र यात्रामा शुभ समय छ। आर्थिक पक्ष राम्रै रहला। विदेश यात्रा हुन सक्छ। पढाइमा राम्रै देखिन्छ।

वृश्चिक राशि (तो,ना,नि,नु,ने,नो,या,यि,यु) यो राशिको समय राम्रो छ। परिवारबाट राम्रो साथ मिल्ने छ। फलदायी यात्रा हुनसक्छ। स्वास्थ्य तथा धनमा लाभ होला। सन्तानबाट राम्रै खबर सुनिएला। खानपानमा ध्यान दिनुहोला। नराम्रो कुराबाट बच्ने प्रयास गर्नु होला।

धनु राशि (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) समय ठिकै छ। उत्साह बढ्नाले आम्दानी बढ्न सक्ने छ। यात्रा शुभ रहने छ। घर परिवारमा सुख शान्ति रहनाले पढाइलेखाइमा मन लाग्ला। विवाह तथा प्रेममा राम्रो छ। विदेश यात्रामा पनि सरिक भइएला। साताको अन्त्यमा भने केही खल्लो पना आउन सक्नेछ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विचार पु¥याउनु होला। खर्च बढ्ने तथा झमेलामा फस्न पनि सकिएला। यात्राको लागि ठिकै छ। क्रोध नियन्त्रण गर्न सकेमा शुभ फल प्राप्त होला।

कुम्भ राशि (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राम्रो खालको समय छ। वैवाहिक जीवन राम्रो रहने छ। परिवार तथा इष्टमित्रबाट राम्रो सम्बन्ध रहने छ। आम्दानीका नयाँ बाटो खुल्न सक्छ। विदेश यात्राको योग रहेको छ। वाणीमा सरस्वतीको बास भएकाले बोलेका कुराहरू पुरा हुने योग छ।

मीन राशि (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) राम्रा खबर सुनिएला। प्रेम तथा रोमान्टिक जीवनको लागि अनुकुल समय छ। धार्मिक कार्यमा सरिक भइएला। विदेशको लागि राम्रो योग छ। पढाई राम्रै छ। तर खर्चमा वृद्धि होला। घरपरिवारको सहयोगले धनमा वृद्धि हुन सक्छ। बोलीमा संयमता अपनाउनुहोला।

   ज्योतिषी अर्जुन सापकोटा _अमेरीका) ०१–८६०९९५१६४७